नियम १२
अन्तरिम क्षतिपूर्ति, राहत वा क्षतिपूर्ति उपलब्ध गराउने
(१) नियम १० को उपनियम (१) वा (२) बमोजिम प्राप्त निवेदन उपर जाँचबुझ गर्दा पीडितलाई अन्तरिम क्षतिपूर्ति, राहत वा क्षतिपूर्ति दिनको लागि अदालतबाट आदेश भएको र तत्‌ सम्बन्धमा आवश्यक विवरण तथा कागजात संलग्न भएको देखिएमा जिल्ला अदालतले अनुसूची-४ बमोजिमको ढाँचामा अभिलेख राखी पीडितलाई अन्तरिम क्षतिपूर्ति, राहत वा क्षतिपूर्ति उपलब्ध गराउनु पर्नेछ ।
(२) यस नियम बमोजिम क्षतिपूर्तिको रकम उपलब्ध गराउँदा पीडितले पाउने क्‌ल क्षतिपूर्ति रकममा पीडितले अन्तरिम क्षतिपूर्ति वा राहत प्राप्त गरिसकेको भएमा त्यसरी प्राप्त गरेको अन्तरिम क्षतिपूर्ति वा राहत रकम बापतको रकम कट्टा गरी बाँकी रहन आउने रकम मात्र उपलब्ध गराइनेछ ।
(३) पीडितलाई नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट सोही वारदातमा पीडित भएकै कारण कुनै राहत रकम उपलब्ध भएको अवस्थामा कोषबाट अन्तरिम क्षतिपूर्ति, राहत वा क्षतिपूर्ति उपलब्ध गराउँदा त्यसरी प्राप्त रकम यस नियमावली बमोजिम प्राप्त हुने रकम भन्दा कम रहेछ भने पीडितले त्यसरी प्राप्त गरिसकेको रकम हिसाब गरी यस नियमावली बमोजिमको नपुग रकम मात्र उपलब्ध गराइनेछ।
(४) यस नियम बमोजिम पीडितलाई उपलब्ध गराइएको अन्तरिम क्षतिपूर्ति, राहत वा क्षतिपूर्तिको रकमको अभिलेख कसूरदारबाट असुल उपर गर्ने प्रयोजनको लागि जिल्ला अदालतको तहसिल शाखामा जानकारी दिनु पर्नेछ ।